प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया

22

(काठमाडौं) – प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको छ ।

पेट दुखेपछि मंगलबार बिहान परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको मनमोहन ‘कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’ पुगेका प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस भएको पत्ता लागेको थियो ।

ओलीलाई एपेन्डिसाइटिस भएको पत्ता लागे लगत्तै चिकित्सकले शल्यक्रिया गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

शल्यक्रिया गरिएपछि सेन्टरले प्रेस विज्ञप्ति जारी गर्दै उनको स्वास्थ्य अवस्था स्थिर रहेको जनाएको हो ।

प्रधानमन्त्रीको एपेन्डिसाइटिसको शल्यक्रियापछि पोस्ट अपरेटिभ वार्डमा राखिएको छ।’ उपचार गरिकन हाल सघन उपचारको सम्पूर्ण व्यववस्थासहित निरन्तर निगरानीमा राखिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

उनको उपचारमा प्रा.डा. अरुण सायमी, प्रा.डा. रमेश सिंह भण्डारी, डा. दिव्या सिंह लगायत संलग्न छन् ।

अस्पतालका कार्यकारी निर्देशक प्रा.डा.उत्तमकुमार श्रेष्ठले प्रधानमन्त्री ओलीको सघन उपचार कक्षमा थप उपचार भइरहेको र चिकित्सकहरुको निगरानीमा राखिएको बताएका छन् । शल्यक्रिया पछि प्रधानमन्त्री ओली केही दिन अस्पतालमै बस्नुपर्ने छ ।

समाचार वर्गहरू