प्रधानमन्त्री ओलीको दोस्रो पटक डायलाईसिस

17

(काठमाडौं) – प्रधानमन्त्री केपी शर्मा ओलीको आज दोस्रो पटक डायलाईसिस गरिएको छ । राजधानीको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचाररत ओलीको मृगौलाको डायलाईसिस गरिएको हो । डायालाईसिस पछिको अवस्था विश्लेषण गरी मिर्गौलाको पुन: प्रत्यारोपण वा अन्य विकल्पमा जाने चिकित्सकको तयारी रहेको छ ।

ओलीको भोलि अर्को डायलाईसिस गर्ने अस्पतालको तयारी छ । डायलाईसिस पछि उहाँमा ज्वरो आउने, मांसपेसी दुख्ने र झर्को लाग्ने लगायतका अवस्था देखा पर्ने चिकित्सकले जनाएका छन् ।

चिकित्सकको निगरानीमै रहनुपर्ने भएकाले प्रधानमन्त्री ओली अझै केही दिन अस्पतालमै बस्नुपर्ने भएको छ । ग्राण्डी अस्पतालका मेडिकल डाईरेक्टर चक्रराज पाण्डे र निजी चिकित्सक दिब्यासिंह शाह लगायतको टोलीले दोस्रो पटक डायलाईसिस गरेको हो ।

ओलीको १२ वर्षअघि दिल्लीको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । ६ वर्षअघि उहाँको हातमा संक्रमण भएको थियो ।

समाचार वर्गहरू