(काठमाडौं) – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार भइरहेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले विज्ञप्ति निकालेर उनको स्वास्थ्यमा उल्लेखनीय सुधार भइरहेको जानकारी गराएको हो ।
सोमबार बिहान सेन्टरका कार्यकारी निर्देशक प्रा डा. उत्तम कृष्ण श्रेष्ठले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्रीको शल्यक्रियापछि सघन उपचारको सम्पूर्ण व्यवस्था सहित निरन्तर चिकित्सको निगरानीमा उपचार भइरहेको उल्लेख छ ।
अस्पतालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘मंगलबार शल्यक्रिया पश्चात सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा राखी उपचार भइरहेको छ । हालसम्म सम्माननीयज्यूको स्वास्थ्यमा उल्लेखनीय सुधार भएको व्यहोरा जानकारी गराइन्छ ।’
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा मंसिर १० गते मंगलबार प्रधानमन्त्री ओलीको ’एपेन्डिसाइटिस’को आकस्मिक शल्यक्रिया गरिएको थियो ।