प्रधानमन्त्री ओलीले बोलाए सरकार सम्बद्ध दलहरूको बैठक

68
फाइल फोटो

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई समर्थन गर्ने सत्तापक्षीय दलको बैठक बोलाएका छन् ।

अध्यादेशमा एकै स्वर बनाउन प्रधानमन्त्री ओलीले भोलि माघ १४ गते साँझ ५ बजे बालुवाटारमा बैठक राखेका हुन्। संसद बैठक भने आगामी माघ १८ गते दिउँसो १ बजे बोलाइएको छ।

बालुवाटार निकट स्रोतका अनुसार प्रधानमन्त्री ओलीले १८ गतेको बैठकमा सरकारले ल्याएको अध्यादेशको बारेमा आफ्ना धारणा राख्ने कार्यक्रम रहेको छ।

सरकारले ल्याएको अध्यादेशको पक्षमा उभिन काङ्ग्रेस र एमालेले आफ्ना सांसदहरूलाई निर्देशन दिएका छन्। तर, अन्य दल भने अध्यादेश ल्याएकोमा खुशी छैनन्।

यही कुरा बुझेका ओलीले विश्वासमा लिन बैठक राखेका स्रोतको भनाइ छ।

समाचार वर्गहरू