प्रधानमन्त्री ओलीले मिल्दैन भन्दाभन्दै मैले राजीनामा दिएको हुँ – रमेश लेखक

147

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले २३ भदौको जेन–जी आन्दोलनपछि आफूले गृहमन्त्री पदबाट राजीनामा दिन्छु भन्दा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मिल्दैन भन्दै रोकेको बताएका छन् ।

पार्टी मुख्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै लेखकले २३ भदौको आन्दोलनमा भएको मानवीय क्षतिपछि नैतिकताका आधारमा राजीनामा दिने तयारी गर्दा प्रधानमन्त्री ओलीले रोकेको तर आफूले पत्र दिएर निस्किएको जानकारी गराएका हुन् ।

‘२४ भदौको बिहानै सभापति (शेरबहादुर देउवा) कहाँ म गएँ । केही नेताहरू हुनुहुन्थ्यो । मलाई पीडा भयो । मैले राजीनामा गर्छु भनेर प्रस्ताव गरेको थिएँ । राजीनामा मात्रै होइन, कांग्रेस सरकारबाट फिर्ता हुने कुरा आएको थियो । निष्कर्ष आएन । म राजीनामा दिन्छु भनेर मन्त्रिपरिषद् बैठकमा गएँ । क्याबिनेटमा पनि यही भनेँ । प्रधानमन्त्रीले राजीनामा दिन मिल्दैन भन्नुभएको थियो । तर, मैले यो धरातलमा बस्न मिल्दैन भनेँ । मैले यो मेरो अन्तिम क्याबिनेट बैठक हो (राजीनामा दिएँ भनेर लिखित पत्र बुझाएँ,’ उनले बुधबारको बैठकमा सुनाए ।

लेखकले सामाजिक सञ्जालको प्रतिबन्धको निर्णय तत्काल फिर्ता लिन अन्तिम प्रस्ताव गरेको तर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नमानेको जानकारी दिए ।

समाचार वर्गहरू