प्रधानमन्त्री ओली पशुपतिनाथ आरतीमा सहभागी

43

काठमाडौं –  महाशिवरात्रिको पूर्वसन्ध्यामा निरीक्षण तथा आरतीमा सहभागीका लागि प्रधानमन्त्री केपी शर्मा ओली पशुपतिनाथ पुगेका छन् ।

महाशिवरात्रि तथा पशुपति क्षेत्र विकास कोषको संरक्षकसमेत रहेका प्रधानमन्त्री ओली निरीक्षण तथा सहभागी हुन पशुपतिनाथ आइपुगेका हुन् ।

प्रचार-प्रचार उपसमितिका संयोजक राजकुमार खत्रीका अनुसार प्रधानमन्त्री ओली पशुपतिको आरतीमा पनि सहभागी भएका छन् ।

यस्तै शिवरात्रि पर्वका दिन राष्ट्र प्रमुखका रुपमा राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरको दर्शन गर्ने कार्यक्रम तय भएको उनले बताए ।

महाशिवरात्रि पर्व एक दिनमात्र बाँकी छँदा पशुपति आसपासका शिवालय रङ्रोगन गरेर चम्काइएका छन् । जताततै शिव भजन गुञ्जिरहेका छन् । महाशिरात्रिमा यहाँ मेला (जात्रा)लाग्ने परम्परा रहेकाले सबैजसो रमाइलो र पूजाअर्चनाका लागि तयारी अवस्थामा छन्  ।

समाचार वर्गहरू