प्रधानमन्त्री ओली शीतल निवासमा

15

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । स्रोत अनुसार बुधबार साझ ८ बजेपछि प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शीतल निवास पुगेका हुन् ।

बुधबार दिउँसो पार्टी निकटका सञ्चारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्ष आक्रमक रुपमा प्रस्तुत भएका थिए । यो सँगै नेकपामा बढीरहेको तिक्तता अझ जतिल मोड तर्फ उन्मुख देखिएको छ ।

यता अध्यक्षद्वय ओली र प्रचण्डबीच आज साँझ हुने भनिएको भेटवार्ता पनि स्थगित भएको थियो ।

पछिल्लो समय प्रचण्डसँग दुरी बढेपछि ओलीले राष्ट्रपतिसँग भेटवार्ता गर्दै आएका छन् । नेकपामा डेढ महिनादेखि सत्ता संघर्षमा केन्द्रित विवाद उत्कर्षमा रहेको छ । असार १० देखि जारी बैठक नियमति बस्न सकिरहेको छैन । अध्यक्षद्वयबीच निरन्तर छलफल हुँदा पनि सहमति हुन सकेको छैन ।

यसैबिच अध्यक्षद्वय ओली र प्रचण्डबीच आज साँझ हुने भनिएको भेटवार्ता पनि स्थगित भएको थियो ।

 

समाचार वर्गहरू