प्रधानमन्त्री ओली स्वदेश फर्किँद

14

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचार गरी सिंगापुरबाट शुक्रबार स्वदेश फर्किँदैछन् । उनी सिंगापुरबाट थाइल्यान्ड हुँदै अपराह्न थाई एयरवेजबाट आइपुग्ने बालुवाटार स्रोतले जनाएको छ । प्रधानमन्त्री ओली भदौ ५ मा मिर्गौला सम्बन्धी एन्टिबडीको उपचार गर्न सिंगापुर गएका थिए ।

उनको सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा उपचार भएको हो । स्वास्थ्य स्थिति बुझ्न भन्दै सिंगापुर गएका नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य वामदेव गौतम र महासचिव विष्णुप्रसाद पौडल पनि प्रधानमन्त्री ओलीसँगै स्वदेश फर्कने छन् ।

उपचारकै क्रममा प्रधानमन्त्रीले दुईपटक टेलिप्रिजेन्स मार्फत मन्त्रिपरिषद्का सदस्यहरूसँग सरकारका कामबारे छलफल गरेका थिए ।
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र निजी चिकित्सक डा. दिव्यासिंह शाह भने यसअघि नै फर्किसकेका छन् ।

समाचार वर्गहरू