प्रधानमन्त्री कप : लुम्बिनी प्रदेशको विजयी शुरुवात

16

दाङ – लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेका छन् । दाङको लमहीस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबारबाट सुरु प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनीले विजयी सुरुवात गर्ने क्रममा प्रदेश २ लाई ९ विकेटले पराजित गर्‍यो ।

प्रदेश २ ले दिएको ७८ रनको सामान्य लक्ष्य लुम्बिनीले १६ दशमलव १ ओभरमा मात्र १ विकेट गुमाएर पूरा गर्‍यो । लुम्बिनीको जितमा गीता गोसाईले सर्वाधिक २३ रनको योगदान गरिन् । उनले ४२ बलमा २ चौकासहित २३ रन जोड्नि ।

यस्तै, टिमका लागि सरस्वती घर्ती मगरले २२ रन बनाइन् । कप्तान नेरी थापाले अविजित १५ रनको योगदान गरिन् । यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश २ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७७ रन मात्र बनाउन सक्यो ।

प्रदेश २ का लागि ओपनर ब्याटर अनुराधा चौधरी र सना प्रविनले समान २१/२१ रन बनाईन् । त्यस्तै, विमला मगरले १० रन बनाउनु बाहेक अन्यले दोहोरो अंक समेत जोड्न सकेन । बलिङतर्फ लुम्बिनी प्रदेशका सुस्मिता भुषालले सर्वाधिक ४ विकेट हात पारिन् । कप्तान नेरी थापा, स्वतिका बजगाँई र गीता गोसाईले समान १/१ विकेट लिईन् ।

समाचार वर्गहरू