प्रधानमन्त्री कार्कीले पुनः राष्ट्रको नाममा सम्बोधन

9

काठमाडौं । जेन जी आन्दोलनको बलमा गठन भएको अन्तरिक सरकारको प्रधानमन्त्री सुशिला कार्कीले पुनः राष्ट्रको नाममा सम्बोधन गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सरकारको नेतृत्व गरेपछि दैनिक जासो राष्ट्रको नाममा सम्बोधन गर्दै आएकोमा केही महिना भने गरेको थिएन ।

तर प्रतिनिधि सभा निर्वाचन आउन ३ दिन बाँकी रहँदा प्रधानमन्त्री कार्कीले आज (सोमबार) राष्ट्रका नाममा सम्बोधन गर्ने भएको बताइएको छ । प्रधानमन्त्री कार्कीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट सम्बोधन गर्ने छिन ।

यही फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदै छ। गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण केपी ओली नेतृत्वको तत्कालीन सरकार ढलेपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा गठित अन्तरिम सरकारको मुख्य जिम्मेवारी यही निर्वाचन गराउनु हो। जेनजी विद्रोहका कारण नियमित समयअगाडि नै हुन लागेको यो निर्वाचनलाई विशेष ठानिएको छ।

समाचार वर्गहरू