काठमाडौँ – नेकपा एमालेका नेता भीम रावलले सांसद पदबाट रानिनामा गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदमुक्त गर्न यो कदम आवश्यक रहेको एक ट्विट गर्दै रावलले बताएका हुन् ।
‘असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाहिन्छ। थप राष्ट्रिय हित, पार्टी विधान विपरीत र अलोकतान्त्रिक कार्य गर्नबाट प्रमं केपीलाई रोक्न पदमुक्त गर्नु आवश्यक छ।
त्यसका लागि हामीले सांसद पदबाट राजीनामा गरी स्थिति निर्माण गर्नुपर्छ। यो राजनीतिक नैतिकता र कानूनी दृष्टिले धेरै उचित छ’ रावलले लेखेका छन् ।