प्रधानमन्त्री दाहाललाई मोदीको फोन

4

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल  र भारतीय समकक्षी नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ ।

शनिबार मोदीले दाहाललाई टेलिफोन गरेर हालै दाहालको भारत भ्रमणका वेला भएका सहमतिलगायत द्विपक्षीय विषयमा छलफल भएको छ । दाहालको भारत भ्रमणपछि मोदीसँग भएको यो पहिलो टेलिफोन संवाद हो ।

‘दुई नेताले भारत–नेपाल द्विपक्षीय सहयोगका विभिन्न पक्षहरूको समीक्षा गर्नुभयो र द्विपक्षीय साझेदारीलाई अगाडि बढाउन तथा गहिरो सम्बन्धलाई अझ सुदृढ बनाउन प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा भएको छलफललगायत दुई देशको मित्रताका सन्दर्भमा समीक्षा गर्नुभयो,’ भारतको प्रेस इन्फरमेसन ब्युरोद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

निकट र मित्रवत् छिमेकी नेपाल भारतको ‘छिमेकी पहिलो’ नीतिको प्रमुख साझेदार हो । यो टेलिफोन वार्ताले दुई देशबीचको उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिएको विज्ञप्तिमा उल्लेख छ ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू