प्रधानमन्त्री दाहाललाई मार्गप्रशस्त गर्न एमालेको आग्रह

10

काठमाडौं – नेकपा एमाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई मार्ग प्रशस्त गर्न आग्रह गरेको छ ।

मंगलबार अपराहन्न बसेको पार्टी सचिवालय बैठकले प्रधानमन्त्री दाहाललाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गर्ने निर्णय गरको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।

ज्ञवालीले संसदका दुई ठुला दल सहमतिमा आएपछि प्रधानमन्त्रीले मार्गप्रशस्त गर्ने विश्वास व्यक्त गर्दै एमालेले प्रधानमन्त्रीलाई सो अवसर दिने र मार्गप्रशस्त नगरेमात्र थप निर्णय लिने बताए ।

एमाले बैठकले कांग्रेससँग भएको सहमति स्वीकार गर्ने निर्णय गरेको बताउदै ज्ञवालीले अन्य दललाई पनि अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने राष्ट्रिय सहमतिको सरकारमा सामेल हुन आग्रह गर्ने निर्णय गरेको बताए ।

योसँगै एमालेका मन्त्रीहरुले तत्काल राजीनामा नदिने भएका छन् । प्रधानमन्त्रीले राजीनामा नगरेमा मात्र एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकार छोड्ने बताइएको छ ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू