प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगे बाबुराम

7

काठमाडौं – जनता समाजवादी पार्टी ९जसपा० नेपालका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराई प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् ।

एमसिसी सम्झौता संसद्‍बाट पारित गर्ने विषयमा छलफल गर्न उनी बालुवाटार पुगेको बताइएको छ । जसपामा उपेन्द्रलाई छोडेरै भएपनि भट्टराईले एमसिसीको पक्षमा वकालत गरिरहेका छन् ।

आफ्नै पार्टीमा एमसिसीका विषयमा विभाजन रहेको समयमा उनी प्रधानमन्त्री देउवालाई भेट्न पुगेका हुन् । भट्टराई पक्ष एमसिसी पारित गर्ने पक्षमा रहेको छ भने अर्का अध्यक्ष उपेन्द्र यादव विपक्षमा छन् ।

एमसिसीको विषयले सत्ता गठबन्धन फुटको सँघारमा रहेको बेला भट्टराईको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

समाचार वर्गहरू