प्रधानमन्त्री देउवा वाराणसीमा, साँझ काठमाडौं फर्कने

18
तस्बिर साभार : गाेविन्द परियारकाे फेसबुक

काठमाडौं – भारतको तीनदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा धार्मिक नगरी वाराणसी पुगेका छन् । उ

नलाई लालबहादुर शास्त्री अन्तर्राष्ट्रिय विमानस्थलमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ लगायत उच्च अधिकारीहरूले स्वागत गरेका छन् ।

वाराणसीमा प्रधानमन्त्री देउवाले धर्मपत्नी डा आरजु राणा देउवासहित काशी विश्वनाथको पूजाअर्चना गर्ने कार्यक्रम छ ।

साथै प्रधानमन्त्री देउवाले वाराणसी समराजेश्वर पशुपतिनाथ महादेव तथा कालभैरव मन्दिरमा पुगेर पूजाअर्चना गर्नुका साथै ललिताघाटमा निर्माण गरिने वृद्धाश्रमको शिलान्यास समेत गर्न कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री देउवा आजै साँझ काठमाडौँ प्रस्थान गर्ने कार्यक्रम छ ।

समाचार वर्गहरू