काठमाडौं । प्रधानमन्त्री कार्यालयबाट हुँ भन्दै दैलेखका एक वडाध्यक्षलाई धाकधम्की दिने प्रकाश खड्का पक्राउ परेका छन् ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ वीरेन्द्रचोक घर भई हाल काठमाडौंको शंखमुल बसिरहेका २२ वर्षीय खड्का काठमाडौंबाट पक्राउ परेका हुन् ।
खड्कालाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रमेश थापाले जानकारी दिए ।
खड्काले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट हुँ भन्दै दैलेखको दुल्लु नगरपालिका–१३ का वडासचिव कमल भण्डारीलाई टेलिफोन गरेर निकै अशिष्ट र अमर्यादित भाषामा धम्क्याएको अडिओ सामाजिक सञ्जालमा छाएको छ । शनिबारै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले खड्कामाथि कडा कारबाही गर्न निर्देशन दिइएको जनाएको छ ।