प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबलको उपाधि एपीएफलाई

15

(काठमाडौं) – प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेको छ । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई २–० गोलले हराउँदै एपीएफले उपाधि चुमेको हो ।

काठमाडौंको भद्रकालीस्थित सेनाको मुख्यालयको खेल मैदानमा बुधबार भएको फाइनल खेलमा एपीएफका लागि सरु लिम्बू र रेखा पौडेलले एक–एक गोल गरिन् । यो जितसँगै सशस्त्र पाँचौ पटक च्याम्पियन बनेको छ ।

उपाधिसँगै एपीएफले ३ लाख तथा ट्रफी प्राप्त ग¥यो । एपीएफले नेपाल पुलिस क्लबलाई ५–२ गोलले तथा आर्मीले भुटानको फुटबल टोलीलाई २–० गोलले हराउँदै फाइनल प्रवेश गरेको थियो ।

उपविजेता बनेको त्रिभुवन आर्मी क्लबले एक लाख ५० हजार रुपैयाँमा चित्त बुझायो । प्रतियोगितामा आर्मीकी दिपा राईले सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै स्कुटर प्राप्त गरिन् ।

विधागत पुरस्कारमा भने एपिएफको बर्चश्व रह्यो । सावित्रा भण्डारी उत्कृष्ट फरवार्ड, अन्जली तुम्बाफो सुब्बा उत्कृष्ट गोलकिपर र जनक सिंह उत्कृष्ट प्रशिक्षक घोषित भए ।

आर्मीकी पुजा राना उत्कृष्ट रक्षक, आर्मीकी विमला विके उदियमान खेलाडी घोषित हुँदा भुटान राष्ट्रिय टोलीकी पेमा छोडेन छिरिङ उत्कृष्ट मिडफिल्ड चुनिईन् ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू