प्रमुख निर्वाचन आयुक्त थपलिया र पूर्व गृह सचिव राई विभूषित

28

रासस/खाँदबारी – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र पूर्व गृह सचिव प्रेमकुमार राई आफ्नो गृहजिल्ला संखुवासभामा विभूषित भएका छन् । खाँदबारी नगरपालिकाले शनिबार उनीहरुलगायत विभिन्न सात विधामा २६ जना आफ्ना नगरबासीलाई विभूषण र पदकले सम्मान गरेको हो । सबैजनालाई नगरसभाबाट विभूषणसम्बन्धी ऐन जारी गरी पहिलोपटक विभूषित गरेको जनाइएको छ ।

‘खाँदबारी गौरव’ पदकबाट प्रमुख निर्वाचन आयुक्त थपलिया र पूर्वसचिव स्व सन्तबहादुर राईलाई विभूषित गरिएको छ । देशकै प्रतिष्ठा बढाउन योगदान पुर्याउने नगरवासीलाई नगरपालिकाको विभूषणसम्बन्धी ऐन ल्याई सम्मान गरेको नगरप्रमुख मुरारीप्रसाद खतिवडाले जानकारी दिए ।
सोही अवसरमा खाँदबारी रत्न, खाँदबारी तारा, खाँदबारी पौरख, खाँदबारी ज्योति, खाँदबारी समाजसेवा र खाँदबारी सेवाश्री पद २६ जनालाई प्रदान गरिएको छ ।

वि.सं २०५३ सालमा स्थापना भएको खाँदबारी नगरपालिकाले स्थापना दिवसको अवसरमा मेयरकप भलिबल प्रतियोगिता, उपमेयरकप कबड्डी प्रतियोगिता र सांस्कृतिक कार्यक्रम आयोजना गरेको थियो ।

समाचार वर्गहरू