प्रम ओलीले मंगलबारका लागि बोलाए सर्वदलीय बैठक

24

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । प्रम ओलीले मंगलबार बिहान ११ बजे बालुवाटारमा सर्वदलीय बैठक बोलाएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

थापाले भनेका छन्, ‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक राष्ट्रिय राजनीतिका विषयमा संसद्‍मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको बैठक आयोजना गरेका हुन् । बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा उक्त बैठक हुने तय भएको छ ।’

प्रम ‌ओलीले आफ्नै पार्टीको बैठकमा सहभागी हुन हिच्किचाइरहेको बेला सर्वदलीय बैठक बोलाउनुलाई अर्थपूर्णरुपमा हेरिएको छ ।

समाचार वर्गहरू