प्रशिक्षक राजुकाजी शाक्य एनआरटीमा अनुबिन्धत

14

(काठमाडौं) । मुख्य प्रशिक्षक राजुकाजी शाक्यलाई न्युरोड टिम एनआरटीले एक वर्षका लागि अनुबन्धन गरेको छ । नयाँ सिजनका लागि शाक्यलाई प्रशिक्षकमा ल्याउने निर्णय गर्दै एनआरटीले तत्कालका लागि एक वर्षको सम्झौता गरेको हो ।

अहिले एक वर्षको सम्झौता गर्ने सहमति भएको जानकारी दिंदै प्रशिक्षक शाक्यले विस्तारै सम्झौता थप गर्ने बताए । एक वर्षका लागि सम्झौता गरेका उनले पारिश्रमिक रकम भने सार्वजनिक गरेका छैनन् । अघिल्लो सिजन च्यासल युथ क्लब सम्हालेका शाक्यले ७६ सालको नयाँ सिजन एनआरटीमा जाने निर्णय गरेका हुन् ।

एनआरटी पनि मेरो पुरानो क्लब भएको भन्दै उनले अहिले सम्झौता भएको बताए । सम्झौता पत्रमा प्रशिक्षक शाक्यसंगै क्लबका अध्यक्ष सुन्दर जोशीले हस्ताक्षर गरेका छन् । राष्ट्रिय फुटलब टिमका पूर्व कप्तान रहेको शाक्य खेलाडी र प्रशिक्षकको रुपमा साग फुटबल जित्ने कीर्तिमानी फुटबलर हुन् ।

नयाँ सिजन सुरु हुँदै गर्दा एनआरटीले खेलाडी अनुबन्धनलाई प्राथमिकता दिएका छ । एनआरटीले यसअघिनै गत बर्ष मनाङबाट खेलेका प्रकाश बुढाथोकी र बिक्रम धिमाललाई क्लबमा अनुबन्धन गरिसकेको छ ।

समाचार वर्गहरू