प्रहरीको दुर्व्यब्यहार प्रति नेबिसंघको ध्यानाकर्षण, दोषी उपर कार्वाहीको माग

22

(काठमाडौं)  – नेपाल विद्यार्थी संघले गोरखा नगरपालिका वडा नं. १२ निवासी नेपाल विद्यार्थी संघ गोरखा नगरपालिकाका संयोजक सुमन पन्त लाइ  दुव्र्यवहार गरेको प्रति प्रहरीको ध्यानाकर्षण गराएको छ । तनहुँको आँबुखैरनी बजारदेखी स्थानीय दिर्घ रोगका विरामीहरुका लागि आवश्यक औषधी र अत्यावस्यक घरायसी खाद्यान्न सामाग्री लिएर घरतर्फ आउदै गर्दा  उनिमाथी दुव्र्यवहार भएको नेबिसंघको दाबी छ ।

मझुवा देउरालीमा अवस्थीत प्रहरी चौकीले बिद्यार्थी नेता पन्तलाई  नियन्त्रणमा लिई दुब्र्यबहार गरेको घटना प्रति नेपाल विद्यार्थी संघ केन्द्रीय समितिको गम्भिर ध्यानाकर्षण भएको केन्द्रिय महामन्त्री बलदेव तिमल्सिनाले जानकारी दिएका छन् । महामन्त्री तिमल्सिनाका अनुसार कुनै एक ब्यक्तिका कारण सिंगो प्रहरी संगठनको नै वदनामी हुने यस किसिमका कार्य नगर्न हामी प्रहरीलाई आग्रह गरिएको छ ।

साथै यस किसिमका गैह्र जिम्मेवार कार्य गर्ने प्रहरी अधिकृतलाई आवश्यक कार्वाहीको लागि नेपाल विद्यार्थी संघले जोडदार माग गरेको छ  ।

समाचार वर्गहरू