प्रहरीको प्रवेशसँगै मध्यरातमा पशुपति कोटिहोममा लफडा

95

काठमाडौं – पशुपति कोटिहोमका मुख्य आयोजक विजयकृष्ण मूर्तिलाई पक्राउ गर्न खोज्दा कोटिहोम स्थल तनावग्रस्त बनेको छ । शुक्रबार राति कोटिहोम स्थलमा प्रहरी पुगेपछि समर्थकले नाराबाजी र हुल हुज्जत गरेपछी प्रहरी कोटिहोमस्थल पुगेको हो ।

मानव सेवा फाउन्डेसनका नाममा पशुपति क्षेत्रमा कोटीहोम आयोजना गरेका विवादित धार्मिक गुरु विजय भण्डारीले व्यवस्था बदल्नेगरि आन्दोलन गर्ने घोषणा गरेर प्रवचन दिएका थिए । त्यसपछी ठगी लगायतका विषयमा उनलाई पक्राउ गर्न प्रहरी पशुपतिको कोटीहोम स्थलमा पुगेका थिए।

उनलाई प्रहरीले केही कुरा बुझ्नु छ भन्दै भ्यानमा राखेर प्रहरी कार्यालय लैजाने प्रयास गरेका थिए। तर कोटीहोममा रहेका उनका समर्थकहरूले प्रहरीको प्रतिवाद सुरु गरेका थिए।

यसअघी विवादित छवि बनाएका विजय वैदेशिक रोजगार ठगी लगायतका विवादमा पर्दै आएका व्यक्ति हुन्। उनले आफूलाई ‘विष्णु प्रपन्नाचार्य’ र ‘बाल योगेश्वर महाराज’ का नामले चिनाउँदै आएका थिए।

कोटीहोममा उठाउने रकमबारे विवाद सुरु भएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले बोलाएर भण्डारीसँग उठाएको रकमको विवरण र त्यसको पारदर्शिताबारे सोधपुछ गरेको खुलेको छ। भण्डारीले कोटीहोमको सबै आम्दानी र खर्च पारदर्शी बनाउने दाबी गरेपछि स्थानीय प्रशासनले उनलाई छाडेको थियो।

विभिन्न उपनाममा विजय भण्डारीले मानव सेवा फाउन्डेसनका नाममा धार्मिक गतिविधि गर्दै ठगीमा संलग्न हुँदै आएका थिए। उनी २०६८ बाटै पक्राउ पर्ने अनि छुट्ने गर्दै आएका थिए। उनी यस अगाडि वैदेशिक रोजगारी ठगी र कोटीहोमबाट उठाएर पैसा लिएर भागेको, लगायतका अभियोगहरूमा परेका थिए।

२०७६ साल २८ देखि असोज ११ सम्म गुल्मी तथा सोही वर्ष माघ ११ देखि फागुन ११ सम्म चितवनमा भएको महायज्ञमा सङ्कलित रकमसहित फरार भएको उनीमाथि आरोप थियो। विवादित पृष्ठभूमिका कारण उनले धार्मिक कार्यक्रम गर्न सकिरहेका थिएनन्।

उनको विवादित पृष्ठभूमीबारे जानकार भए पनि पशुपति क्षेत्र विकास कोष र स्थानीय प्रशासन कोटीहोम नसकिएसम्म मौन बसे। जव कोटीहोम सकियो अनि बेलुका पक्राउको प्रयास गर्दा विवाद भयो।

समाचार वर्गहरू