प्रहरीको सर्च लिस्टमा चर्चित र्‍यापर भिटेन

25

काठमाडौं – चर्चित र्‍यापर भिटेन अर्थात समिर घिसिङलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयले साइबर ब्यूरोलाई निर्देशन दिएको छ ।

करीब ३ साताअघि युट्युबमा सार्वजनिक भएको ‘पारा’ शीर्षकको भिडियोमा आपत्तिजनक शब्द प्रयोग भएको भन्दै प्रहरीले र्‍यापर भिटेनको खोजी सुरु गरेको हो ।

प्रहरी प्रधान कार्यालयले गीत गाउने देखि भिडियो बनाउने सम्मको काममा संलग्न सबैलाई खोजी गरी अनुसन्धान गर्न साइबर ब्यूरोलाई पत्र लेखेको छ ।

’पारा’ बोलको र्‍याप गीतमा प्रयोग भएका शब्द अश्लिल भएको पाइएपछि साइबर ब्यूरोलाई अनुसन्धान गर्न निर्देशन दिइएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुबेर कडायतले बताए ।

हेडक्वाटरको निर्देशन लगतै कारबाही प्रक्रिया सुरु गरिएको साइबर ब्यूरोले जनाएको छ । भिटेनको हालै युट्युबमा सार्वजनिक ‘पारा’ शीर्षकको गीतमा उनले ‘माल’ शब्दको प्रयोग गर्नुका साथै अरु अश्लील शब्द समेत प्रयोग गरेका छन् ।

भिटेनको पारा बोलको गीत बिहीबारसम्म युट्युबको ट्रेन्डिङ नम्बर १ मा थियो । हाल उनले उक्त गीत प्राइभेटमा राखेका छन् । छाडा शब्द प्रयोग गरी गीत गाएको र प्रहरीको अपमान गरेको आरोपमा गत वर्ष पनि भिटेन लतिलपुरबाट पक्राउ परेका थिए ।

समाचार वर्गहरू