(काठमाडौं) – डिउटीमा खटिएको प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने एक जना काठमाडौंबाट पक्राउ परेका छन् ।
काठमाडौं महानगरपालिका ११ बबरमहलस्थित डिउटीमा खटिएको प्रहरीलाई नगद ५ सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने ललितपुर बालकुमारी बस्ने रामेछाप खाँडादेवी गाउँपालिका ५ घर भएका ४१ वर्षीय संजय श्रेष्ठलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।
महानगरीय प्रहरी वृत सिंहदरबारबाट खटिएको प्रहरीले बा ७६ प ५५१५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक श्रेष्ठले मादक पदार्थ सेवन गरी सवारी चलाएको पाइएको थियो । कारबाही गर्न खोज्दा उनले प्रहरीलाई उक्त नगद दिन खोजेपछि नगद सहित उनलाई प्रहरीले पक्राउ गरेको हो ।