प्रहरी निरीक्षक चापागाईंले हवल्दारलाई कुटे

11

काठमाडौं – जिल्ला प्रहरी कार्यालय डोल्पामा कार्यरत प्रहरी निरीक्षक नविन चापागाईंले विना कारण प्रहरी हवल्दारलाई कुटपिट गरेका छन् ।

उनले शनिबार बिदामा रहेका हवल्दार हरि आरसीलाई कार्यालयमा बोलाई निर्घात कुटपिट गरेका हुन् ।

जिल्ला कारागार, डोल्पामा कार्यरत सल्यान सिद्धकुमाख गाँउपालिका वडा नम्बर ३ घर भएका ३७ वर्षीय आरसीको बायाँ आँखा, नाक र मुखमा गहिरो चोट लागेको छ । उनलाई उपचारकालागी नेपालगञ्ज पठाउने तयारी गरिएको छ ।

‘बिदाको दिन म साथीहरुसँग बसेर रमाइलो गरिरहेको थिएँ, इन्स्पेक्टर साबले बोलाउनु भयो, म उहाँलाई भेट्न गएँ, तर उहाँले मलाई एक्कासि कुटपिट गर्नुभयो,’ उनले भने, ‘कुटपिटबाट मेरो बाँया आँखामा ठूलो चोट लागेको छ, हेर्न पनि गाह्रो भइरहेको छ । नाकमा चोट लागेको छ ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू