सिन्धुपाल्चोक – नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य, पुर्व सूचना तथा सन्चार मन्त्री एवं खेलकुद विभाग प्रमुख मोहन बहादुर बस्नेतले सिन्धुपाल्चोकका जनताको सुखदुखमा नेपाली कांग्रेस सधैं सँगै रहेको बताएका छन् ।
नेपाली काङ्ग्रेस प्रतिनिधि सभा क्षेत्र नं २ प्रदेश सभा “ख”, सिन्धुपाल्चोक तथा नेपाल आदिवासी जनजाती संघ, सिन्धुपाल्चोक द्वारा सोमबार मेलम्चिबजारमा सयुक्त रुपमा आयोजित “प्राकृतिक विपत्तिमा नेपाली काङ्ग्रेसको भुमिका” विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता बस्नेतले हेलम्बु मेलम्चीका बाढिपिडितको तत्कालिन एमालेको ओली सरकारले वेवास्ता गरेको आरोप लगाए ।
नेपाली कांग्रेसको केन्द्रिय बाढी पहिरो विपद व्यवस्थापन समन्वय समिति संयोजक समेत रहेका बस्नेतले भने,‘बाढीपहिरोलाई राहत दिने काम कांग्रेसको, भूकम्पपछिको राहत र उद्धारको जिम्मा कांग्रेसको, कोरोनाको उपचारको जिम्मा कांग्रेसको हो । त्यसैअनुसार कांग्रेस र मैले काम गरिरहेको छु ।’
कोरोनाका बेला गरेको सहयोगबारे कम्युनिष्टहरुले सहयोगको स्रोत खोजेको भन्दै उनले त्यसको समेत प्रवाह नगरी सहयोगमा निरन्तर अघि बढिरहेको बताए । उनले भने,‘कोरोना कांग्रेसलाई पनि हुनसक्थ्यो, बाढीपहिरो कांग्रेसलाई पनि हुनसक्थ्यो । तर हामीले काम गरेका हौं ।’
त्यस्तै नेपाली कांग्रेसका केन्द्रिय सदस्य बिष्णु बिक्रम थापाले जनताको सुखदुखमा हमेसा साथ दिने एकमात्र पार्टी नेपाली कांग्रेस भएको बताउँदै हिजो आज र भोलीपनी सँधै सँगै रहने उनले बताए ।
