प्रिमियर लिगमा एभर्टनको शानदार जित

38

एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले वेष्ट ब्रुमलाई ५–२ गोल अन्तरले हराएको छ । शनिबार गडसन पार्कमा भएको खेलमा वेस्ट ब्रुमलाई ५–२ गोल अन्तरले पराजित गर्दै एभर्टनले लगातार दोस्रो जित निकालेको हो ।

घरेलु मैदानमा एभर्टनलाई जित दिलाउन डोमिनिक कल्भार्ट लेविनले ह्याट्रिक गरे । यस्तै, जेम्स रोड्रिगेज र माइकल किनले एक/एक गोल गरे ।

एभर्टनले आफ्नो पहिलो खेलमा टोटनहम हटस्परलाई हराएको थियो । जितसँगै एभर्टनको दुई खेलबाट ६ अंक भएको छ । १० खेलाडीमा सीमित वेस्ट ब्रुमलाका ग्राडी डियानगाना र माथ्युस पेरिएराले एक एक गोल फर्काए ।

गोडिसन पार्कमा सुरुवाती अग्रता भने वेस्ट ब्रुमले बनाएको थियो । खेलको १० औं मिनेटमा ग्राडीले गोल गर्दै वेस्ट ब्रुमलाई अग्रता दिलाएका थिए । ३२ औं मिनेटमा लेविनले गोल गर्दै एभर्टनलाई १–१ गोलको बराबरीमा ल्याए ।

४५ औं मिनेटमा रोड्रिगेजले डेब्यु गोल गरेपछि पहिलो हाफमा एभर्टन २–१ ले अघि रह्यो । पहिलो हाफको अन्तिम समयमा किएरन गिब्सले रातो कार्ड पाएपछि वेस्ट ब्रुम १० खेलाडीमा समेटिएको थियो ।

४७ औं मिनेटमा पेरिएराले गोल गर्दै वेस्ट ब्रुमलाई २–२ को बराबरीमा ल्याए । ५४ औं मिनेटमा माइकलले गोल गर्दै एभर्टनलाई पुन: ३–२ को अग्रता दिलाए ।

खेलको ६२ औं र ६६ औं मिनेटमा अर्को गोल थप्दै ह्याट्रिक पूरा गरे । यसै सिजन मात्र इंग्लिस माथिल्लो डिभिजनमा उत्रेको वेस्ट ब्रुमको यो लगातार दोस्रो हार हो ।

समाचार वर्गहरू