एजेन्सी – म्यानचेष्टर सिटीले ईङलिश प्रिमियर लिग फुटबलमा तेस्रो जित निकालेको छ । आफ्नो छैटौ खेलमा सिटीले सेफिल्ड युनाईटेडलाई १–० ले पराजित गरेको हो ।
सेफिल्डको मैदानमा सिटीलाई जिताउन केल वाल्करले २८ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।
खेलमा अधिकांश समय घरेलु टोलीलाई दबावमा राखेको सिटीका थप आधा दर्जन प्रयास विफल बनेका थिए । ६ खेलबाट ११ अंक जोडेको सिटी तालिकाको सातौ स्थानमा उक्लिएको छ ।