प्रेस युनियन काठमाडौँको अध्यक्षमा जगन्नाथ दुलाल

25

(काठमाडौं) – नेपाल प्रेस युनियन काठमाडौं शाखाको अध्यक्षमा जगन्नाथ दुलाल निर्वाचित भएका छन् । मंगलबार सम्पन्न युनियनको ८ औं जिल्ला अधिवेशनबाट दुलालको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो ।

अध्यक्षका अर्का उम्मेदवार महेश्वर गौतमलाई ९२ मतान्तरले पराजित गर्दै दुलाल विजयी भएका हुन् । दुलालले २८५ मत र गौतमले १९३ मत प्राप्त गरे । कूल ८४३ सदस्य रहेको काठमाडौं शाखामा मंगलबार भएको निर्वाचनमा ४७७ मत खसेको थियो ।

शाखाको उपाध्यक्ष खुलामा अच्युत रेग्मी, समावेशी उपाध्यक्षमा टुकामाया भण्डारी, सचिवमा अक्कलबहादुर कुँवर, सहसचिवमा सञ्चिता खनाल र कोषाध्यक्षमा निरास तामाङ विजयी भएका छन् ।

यस्तै सदस्यमा मनोज भण्डारी, निर्मल धिताल, रोशन सापकोटा, नवराज भट्ट, प्रवीण श्रेष्ठ, घनश्याम श्रेष्ठ, लोकेन्द्र भट्ट र राधा ढुङ्गाना विजयी भएको निर्वाचन समितिले जनाएको छ ।

समाचार वर्गहरू