फरार इन्स्पेक्टर शाहीलाई सीआइबीले खोज्ने

64
फाइल फोटो

काठमाडौं – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले फरार रहेको ललितपुरको भैँसेपाटी प्रहरी प्रभागका तत्कालीन प्रमुख बिनुकुमारी शाहीको खोजी कार्य जारी रहेको बताएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीका प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बोगटीका अनुसार खोजी कार्य जारी रहे पनि केही जानकारी प्राप्त हुन भने सकेको छैन ।

आपराधिक लाभको मुद्दामा शाहीविरुद्ध गत असोज ३० गते पक्राउ पुर्जी जारी भएको थियो । यस सम्बन्धमा अनुसन्धान गर्दै आएको ललितपुर प्रहरीले पछिल्लो समय यसको अध्ययनका लागि सीआइबीलाई सिफारिस गरेको छ ।

ललितपुर प्रहरीका एक प्रतिनिधिले भने ललितपुर प्रहरीले जिल्लाभित्रको मात्र अनुसन्धान गर्न पाउने भएकोले पनि यो घटना सीआइबीले अनुसन्धान गर्दा उपयुक्त हुनेछ ।

समाचार वर्गहरू