फरार प्रतिवादी पक्राउ

17

(बारा) – जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी बाराबाट पक्राउ परेका छन् । बाराको कोहल्बी नगरपालिका २ बस्ने करीब ४५ वर्षीय बलराम खनाललाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला अदालत बाराको फैसलाले जबरजस्ती करणी मुद्दामा १ वर्ष ६ महिना कैद ठहर भई फरार रहेका उनलाई इलाका प्रहरी कोहल्बीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धामा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

समाचार वर्गहरू