काठमाडौं – बागमती प्रदेश सरकारले मङ्लबार मुख्यमन्त्रि सहित सरोकारवालाहरुसँग छलफल गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयको समन्वयमा हुने कामहरुमा केन्द्रीत रहि विभिन्न सडकहरुको काम समयमै सक्ने बिषयमा मंगलबार छलफल भएको हो ।
सो छलफलमा हेटौंडाबाट राजधानी काठमाण्डौ उपत्यका प्रवेश गर्ने पहुँच मार्ग,हेटौंडा -भिमफेदी-हुमाने-फर्पिंग सडकको भैंसे -भिमफेदी खण्ड, हेवी कलंकी -हुमाने खण्ड र हुमाने-फर्पिंग खण्डको सडक र कुलेखानी-सिस्नेरी -छैमले-दक्षिणकाली खण्डको निर्माणको कार्यलाई छिटो सम्पन्न गर्ने छलफल भएको बागमती प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्री माननीय युवराज दुलालकव सचिवालयले जनाएको छ ।
यस्तै सो सडक निर्माणलाई तिव्रता दिन फागुन १ गतेबाट करिव २ महिनासम्म यी सडक खण्डमा यातायात सेवा बन्द गर्ने समेत निर्णय भएको मन्त्री दुलालका स्वकिय सचिव दिपक न्यौपानेले जानकारी दिए ।
उनका अनुसार बैकल्पिक सडकको रुपमा कान्ति लोकपथ थानकोट -चित्लांग-मार्खु -कुलेखानी-भिमफेदी खण्डबाट यातायात सुचारु हुने छ। सो कामको समन्वय भौतिक पूर्वाधार विकास मन्त्रालयले गर्ने छ।
मुख्यमन्त्रि ,सरोकारवालाहरु बागमती प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्री दुलाल, जिल्ला प्रशासन कार्यालय, प्रदेश प्रहरी, ट्राफिक प्रहरी कार्यालय, स्थानीय तहहरु, आयोजना कार्यालयहरु, टाटा सुमो यातायात समितिहरु, निर्माण व्यवसायीहरु लगायत सम्बन्धित सबै पक्षको उपस्थिति रहेको थियो ।