काठमाडौं – सोमबार प्रतिनिधिसभाबाट विश्वासको मत पाउन नसकेका केपी शर्मा ओली फेरि प्रधानमन्त्री हुने लगभग पक्का भएको छ । विश्वासको मत पाउन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको तीन दिनको समय लगभग सकिँनै लाग्दा विपक्षी दलहरुले बहुमत संख्या पुर्याउन सम्भावना कम हुँदै गएपछि फेरि ओली नै प्रधानमन्त्री बन्ने भएका हुन् ।
नेपाली कांग्रेस र माओवादी केन्द्र अोलीको विकल्पमा नयाँ सरकार गठनकालागि निर्णय गरेरै अगाडी बढेका थिए । उपेन्द्र यादव पक्षले कांग्रेस सभापति देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्ने बताए पनि जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पक्षको साथ नपाएपछि संख्या नपुग्ने भएको हो ।
बिहीबार अध्यक्ष अोली र वरिष्ठ नेता नेपालबीच ४ घण्टा लामो छलफल सहमतिउन्मुख भएपछि नेपाल समूहले तत्काल राजीनामा नदिने निर्णय गरेको छ ।
अब जसपा र नेपाल पक्षको साथ नहुने भएपछि नयाँ सरकार गठनका लागि संख्या पुग्दैन । जसका कारण राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई नै ठूलो दलको हैसियतमा प्रधानमन्त्री बनाउने छिन् ।