काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। निगमले पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर ५ रुपैयाँका दरले मूल्य बढाएको हो ।
अब काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १६० रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १४३ रुपैयाँ पुगेको छ।
खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएर १६ सय कायम गरिएको छ। यस अघि खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १५ सय ७५ रुपैयाँ रहेको थियो ।
बढेको मूल्य गएराति १२ बजेदेखि लागू भएको निगमले जनाएको छ। यस्तै हवाई इन्धन आन्तरिकमा ५ रुपैयाँ बढेर प्रति लिटर १५६ रुपैयाँ कायम भएको छ ।