सिन्धुपाल्चोक – गत असार १ गतेको बाढीले क्षति पुर्याएको हेलम्बु क्षेत्रमा शनिबार राति भारी वर्षा भइरहेको छ । वर्षासँगै खोला तथा नदीहरूको बहाव पनि ह्वात्तै बढेकोले स्थानिय बासिन्दाहरु त्रसित भएका छन् ।
यति बेला मेलम्ची खोला र इन्द्रावती नदीको बहाव बढ्दो क्रममा रहेको र बहाव एक्कासी बढेपछि साइरन बजाएर तटीय क्षेत्रका बासिन्दालाई सचेत गराइएको इलाका प्रहरी कार्यालय हेलम्बुले जनाएको छ ।
त्यस्तै हेलम्बु गाउँपालिका नाकोते खोलामा बाढी आएको भन्दै मेलम्ची खोला तटीय क्षेत्रका बासिन्दा लाई हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले सचेत गराएका छन् । गत असार १ जत्तिकै आवाजमा खोलामा बाढी आएको उनको भनाइ छ ।
अहिले हेलम्बु देखी मेलम्चि बजार सम्मका नदिकिनारका स्थानिय बासिन्दाहरुले विगत सम्झेर त्रसित बन्दै सुरक्षीत रहन अपिल गरिएका सन्देशहरु सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका छन् ।