काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले फोरजी सेवा मुलुकको विकास र प्रविधिका क्षेत्रमा नयाँ युग प्रारम्भ गराएको बताएका छन् । नेपाल टेलिकमको मोबाइलमा उच्च गतिको फोरजी सेवा शुरु गर्दै यसले मुलुकको विकास र प्रविधिका क्षेत्रमा नयाँ युग प्रारम्भ गराएको उनले बताएका हुन् ।
प्रधानमन्त्री ओलीले सरकार नयाँ अभियानका साथ विकासको नयाँ गतिमा अघि बढिरहेको सन्दर्भमा पूँजी र प्रविधिको हस्तान्तरणबाट मानिसको जीवनमा रुपान्तरण गराउन आवश्यक रहेको बताए । प्रधानमन्त्री ओलीले आगामी सन् २०२० मा २० लाख पर्यटक ल्याउन आयोजना गरिने नेपाल भ्रमण वर्षको पूर्वाधारका लागि पनि सूचना र प्रविधिको फड्कोले विकासले योगदान गर्ने विश्वास व्यक्त गरे ।
मुलुकका शुरु भएको अप्टिकल फाइबर बिछ्याउने काममा ढिलाइ गर्न नहुने र ढिलाइ गर्ने ठेकेदारसँग काम फिर्ता लिएर नयाँ ढङ्गले जानुपर्ने भएा पनि अघि बढ्न उनले निर्देशन दिए ।
उनले भने, “राष्ट्रको विकासलाई बाधा र अवरोधको काम स्वीकार्य हुन सक्दैन । काम सयममा पूरा नभएमा ठेक्का फिर्ता लिनुस् । गणस्तरीय काम नभएर लापर्वाही भएमा कारबाही गर्नुस् । सेवाग्राहीलाई सेवा दिएर देशको समृद्धिमा लाग्नुस् ।”