काठमाडौं – काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन साह नुवाकोटको बञ्चरेडाँडास्थित ल्यान्डफिल साइट क्षेत्रको निरीक्षणका लागि पुगेका छन्।
महानगरपालिकाका कर्मचारी र सुरक्षा निकायका केही सदस्यका साथमा शुक्रबार अपराह्न बालेन उक्त्त क्षेत्रमा पुगेका हुन्।
नुवाकाेटकाे साे क्षेत्रमा काठमाडाैँ महानगरपालिकासहित उपत्यकाका १८ वटा पालिकाले फाेहाेर विसर्जन गर्दै आएका छन्।
हाल बञ्चरेडाँडामा बनिरहेकाे नयाँ ल्यान्डफिल साइड पूर्णरूपमा तयार भइनसकेकेसम्मका लागि साेही क्षेत्रकाे छेउमा रहेकाे सिस्डाेलमा काठमाडाैँ उपत्यकाका ती पालिकाले फाेहाेर विसर्जन गर्दै आइरहेका छन्।
तर हाल त्यहाँका स्थानीयबासीले विभिन्न माग गर्दै फाेहाेर फ्याँक्न नदिने अडान राखेका छन् । यसैबीच नवनिर्वाचित मेयर बालेनले सिस्डाेल, ओखरपाैवा र बञ्चरेडाँडा क्षेत्रकाे अवलाेकन गरेका हुन्।
उनले फोहोरको समस्याको दीर्घकालीन समाधान नभई कुनै जितको उत्सव नमनाउने, खादा र माला नलाउने साथै अन्तर्वार्ता समेत नदिने बताएका छन्।