काठमाडौं – काठमाडौंको तारकेश्वर नगरपालिका–३ तिनपिपलेमा फोहोर बोकेको ट्रिपर पल्टिँदा दुई जनाको मृत्यु भएको छ । कीर्तिपुरबाट फोहोर बोकेर जाँदै गरेको ना २ क ३३८ नम्बरको ट्रिपर पल्टिँदा टिपरका चालक र सहचालक दुबैको मृत्यु भएको हो ।
ट्रिपर चालक माइला लामा र सहचालक कमल लामाको टिपरभित्र च्यापिएर मृत्यु भएको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ ।