‘फ्री भिसा र फ्री टिकट’ खारेज,म्यानपावरले खाडी र मलेसिया पठाउँदा एक लाख लिन पाउने

8

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘फ्री भिसा र फ्री टिकट’ खारेजी गरेको छ।

श्रम मन्त्रालयले २०७२ साल असारदेखि वैदेशिक रोजगारीमा खाडीका देश र मलेसिया जाने कामदारका हकमा निःशुल्कदर लागू गरेको थियो।

श्रम मन्त्रालयले दुई महिनाअघि नै यो सुविधा खारेजी गरेको भए पनि बाहिर ल्याएको छैन।उक्त सूचना बाहिर नआउँदा वैदेशिक रोजगारीमा जाने कामदार फ्री भिसा र फ्री टिकटका नाममा ठगि रहेका छन्।

श्रम मन्त्रालयका उच्च अधिकारीअनुसार वैदेशिक रोजगारीमा कामदार पठाउँदै आएका म्यानपावरले भने फ्री भिसा र फ्री टिकटको खारेज भएको सूचना पाइसकेका छन्।  उनीहरूले खाडीका देश र मलेसिया जाने कामदारसँग अहिले एक लाखभन्दा बढी लागत खर्च उठाउन थालेका छन्।

गत भदौ २५ र २६ गते प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको १३ वटा मुख्य रोजगारदाता देशका नेपाली राजदूतसमेतको बैठकले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन विभिन्न ४७ बुँदे निर्णय गरेको थियो। त्यति बेला गरिएको निर्णयमा फ्री भिसा र फ्री टिकटको विकल्पमा म्यानपावर कम्पनीले एक लाख रुपैयाँ लागत खर्च लिने पाउने समेत निर्णय भएको श्रम मन्त्रालयले स्रोतले जनाएको छ।

साउदी, कतार, यूएई, बहराइन, ओमान, कुवेत, जोर्डन र मलेसिया जाने कामदारका हकमा आठ वर्षअघि फ्री भिसा र फ्री टिकट लागू भएको थियो।

फ्री भिसा र फ्री टिकट लागू भएको आठ वर्षमा करिब ३० अर्ब रुपैयाँ म्यानपावर कम्पनीले ठगि गरेको उजुरी परेको विभागले जनाएको छ। हाल वैदेशिक रोजगारीमा खाडीका देश र मलेसिया वार्षिक ४ लाखभन्दा बढी कामदार जाने गरेको विभागको तथ्यांकमा उल्लेख छ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू