फ्रेन्ड्ससँग एनआरटी २-० गोलले पराजित

30
sf7df8f}F, @! df3 M zlxb :df/s P l8lehg lnudf d+unaf/ nlntk'/sf] ;ftbf]af6f]l:yt PGkmf sDKn]S;df k|m]G8; Sna / Go"/f]8 l6d Pgcf/6L aLrsf] v]ndf an cufl8 a9fpFb} k|m]G8; Snasf v]nf8L . t:jL/ M /f]zg ;fksf]6f, /f;;

(ललितपुर) – शहिद स्मारक ए डिभिजन लिगमा फ्रेन्ड्स क्लब विजयी भएको छ । ललितपुरको सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्सको खेल मैदानमा मंगलबार भएको खेलमा फ्रेन्ड्सले न्युरोड टिम एनआरटी लाई २–० गोलले पराजित गरेको हो । यो सँगै लिगको दशौँ चरणको खेलहरु सम्पन्न भएका छन् ।

दुवै टोलीले पहिलो हाफमा गोलरहित बराबरी खेलेका थिए । दोस्रो हाफको ७८ औँ मिनेटमा फ्रेन्ड्सका लागि सञ्जोग महर्जनले पहिलो गोल गरे । खेलको ८० औँ मिनेटमा विदेशी खेलाडी वाग्नर डि कार्मोले फ्रेन्ड्सका लागि दोस्रो गोल गरे ।

जितसँगै १४ अंकसहित फ्रेन्ड्स लिगको नवौँ स्थानमा उक्लेको छ । न्युरोड १५ अंकका साथ सातौँ स्थानमा छ । लिगको ११ औँ चरणका खेल आगामी बिहीबारदेखि हुनेछन् ।

समाचार वर्गहरू