काठमाडौँ – कर्णाली प्रदेशमा फ्लोरक्रस गरेका एमालेका ४ जना सांसदलाई पुनर्बहाली गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। सर्वोच्च अदालतले बिहीबार यस्तो आदेश दिएको हो।
पार्टी अनुशासन तथा ह्वीप उल्लंघन गरेको भन्दै एमाले(केपी शर्मा ओली समूह)ले (माधवकुमार नेपाल समूह)का चार सांसदहरु प्रकाश ज्वाला, नन्दसिंह बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीलाई बर्खास्त गरेको थियो ।
प्रदेश सभालाई पार्टिले पत्र लेखेपछि पदमुक्त भएकाहरुलाई अदालतले पुनर्वहाली गरिदिएको हो । चारै जना प्रदेश सभा सदस्यले पार्टीको कारबाही बदरको माग गर्दै सर्वाेच्च अदालतमा रिट निवेदन दिएका थिए ।
अदालतको फैसला यस्तो छ –