बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको फैसला

99
फाइल फोटो
काठमाडौं – बङ्गलादेशकी भूतपूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाइएको छ।
बङ्गलादेशको एक विशेष अदालतले अपदस्थ पूर्वप्रधानमन्त्रीहसिनालाई सन् २०२४ को जुलाईको आन्दोलनमा ‘मानवता विरुद्धका अपराध’ गरेको ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको हो ।
अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण–१ (आइसिटी–१) ले सोमबार दिउँसो सुनाएको ऐतिहासिक फैसलामा हसिनासहित तीन जना शीर्ष राजनीतिक तथा सुरक्षा नेतृत्वलाई दोषी ठहर गरिएको बिबीसीले जनाएको छ।
७८ वर्षीया शेख हसिना हाल भारतमा निर्वासनमा रहेकाबेला उनको अनुपस्थितिमै मुद्दा चलाइएको थियो ।
अदालतलाई उद्धृत गर्दै अल जजिराले भन्यो, “अभियुक्त शेख हसिनाले आफ्ना उक्साहटपूर्ण आदेशहरू मार्फत मानवता विरुद्ध अपराध गर्नुभयो र आरोप नं १ अन्तर्गत रोकथाम तथा दण्डात्मक कदम लिन असफल हुनुभयो ।” विशेष न्यायाधिकरणले थप जनाएको छ, “आरोप नं २ अन्तर्गत उहाँले ड्रोन, हेलिकप्टर र घातक हतियार प्रयोग गर्न आदेश दिनुभएको थियो, जसले मानवता विरुद्ध अपराधलाई आकार दियो ।”
बंगलादेशको सो आन्दोलनमा प्रहरीको गोली लागेर १४०० भन्दा बढी मानिसको ज्यान गएको थियो ।

समाचार वर्गहरू