बंगलादेश विरूद्धकाे खेलमा नेपाल १-० ले अघि

16

(काठमाडाैं) – १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत पुरुष फुटबलको समूहचरणको अन्तिम खेलमा अहिले नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा जारी छ ।

काठमाडाैंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलको दाेस्राे हाफ जारी रहँदा नेपालले १–० को अग्रता बनाएको छ । खेलको ११ औं मिनेटमा सुनिल बलले गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन् ।

सुजल श्रेष्ठको क्रसमा सुनिलले बललाई जाली चुमाए ।
फाईनल प्रवेशका लागि नेपाललाई बराबरको नतिजा पर्याप्त हुनेछ भने बंगलादेशलाई भने जित्नै पर्ने दबाब रहेको छ । विजेताले फाईनलमा भुटानसंग प्रतिस्पर्धा गर्नेछ ।

समाचार वर्गहरू