बंशवादलाई जिताउने कि लोकतन्त्रलाई ? -गगन थापा

3

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले इलामको निर्वाचनमा आफ्ना उम्मेदवार डम्बर खड्कालाई जिताउन आग्रह गरेका छन्। 

इलाम क्षेत्र-२ मा वैशाख १५ मा हुने प्रतिनिधिसभा सदस्यको उप निर्वाचन लक्षित चुनावी सभालाई इलामको लाकुरी चौतारामा सम्बोधन गर्दै थापाले खड्कालाई जिताउन आग्रह गरेका हुन्।

कार्क्रमलाई सम्बोधन गर्दै थापाले स्वर्गीय सुबास नेम्वाङका पुत्र सुहाङ नेम्वाङलाई चुनावी मैदानमा उतारेको प्रति कटाक्ष गर्दै इलामे जनताले बंशवादलाई जिताउने कि लोकतन्त्रलाई जिताउने दिन आएको बताए। 

उनले राष्ट्रिय स्वतन्त्र पार्टीले नागरिकको प्रश्नको जवाफ दिनुको साटो ‘प्रश्नमात्र गर्दै हिंडेको’ टिप्पणी गरे। उनले डम्बर खड्का इलामको समस्या बोकेर संसद छिर्ने वास्तविक प्रतिनिधि भएको बताए। उनले कांग्रेसको तर्फबाट उठेका खड्काको जिम्मा आफुले लिने बताए। 

उनले भने, ‘इलामको विकासका लागि जिम्मा लिने खालको उम्मेदवार इलामे जनतालाई चाहिएकाले तपाई्को प्रतिनिधित्व गर्ने खास मान्छे डम्बर खड्का हुन्।’ इलामको यो चुनाव गठबन्धनको राजनीतिसँग जोडिएको भन्दै नयाँ सन्देशका लागि खड्कालाई जिताउनुपर्ने बताए।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू