बङ्गलादेशबाट मंगलबारसम्म १४ सय नेपाली विद्यार्थी स्वदेश फर्किए

46

काठमाडौं – बङ्गलादेशबाट मंगलबारसम्म १४ सय नेपाली विद्यार्थी स्वदेश फर्किएका छन् । बुधबार मात्र ४७ जना नेपाली विद्यार्थी त्रिभुवन विमानस्थल हुँदै नेपाल आएका थिए ।

ढाकास्थित नेपाली दूतावासले नेपाल फर्कन चाहने विद्यार्थीको यात्रा सहज बनाउन सम्बन्धित निकायसँग समन्वय गरिरहेको परराष्ट्रमन्त्री आरजु राणा देउवाले बताइन् । सामाजिक सञ्जालमार्फत मन्त्री राणाले मंगलबारसम्म करिब १४ सय विद्यार्थी स्वदेश फर्किएको जानकारी दिएकी हुन् ।

मन्त्री राणाले बङ्गलादेशबाट नेपाल आउन चाहने सबै विद्यार्थीलाई नेपाल फर्काउन सरकारले पहल गरिरहेकोले धैर्यता गर्न सम्बन्धीत सबैसँग अनुरोध गरेकी छिन् ।

बंगलादेशमा केही दिनयता आरक्षण कोटाविरुद्धको आन्दोलन चर्किएपछि नेपाली विद्यार्थीहरू स्वदेश फर्किने क्रम जारी छ । जारी प्रदर्शनमा पक्राउ पर्नेको सङ्ख्या २ हजार ५०० नाघेको छ भने कम्तीमा १७४ जनाको मृत्यु भएको बताइएको छ ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू