बजेट – वृद्ध भत्ता ४ हजार, २० युनिटसम्म बिजुली महशुल छुट, स्वयंसेविकाको भत्ता १२हजार

9

काठमाडौं – सरकारले साउनदेखि जेष्ठ नागरिकहरुलाई दिँदै आएको मासिक सामाजिक सुरक्षा भत्ता बजेटले ४ हजार रुपैयाँ पुर्याएको छ। सरकारले बृद्ध भत्ता एक हजारले बढाएको छ। अन्य सामाजिक सुरक्षाका भत्ता पनि ३३ प्रतिशतले बढाएको छ।

साथै युवाहरुले शैक्षिक प्रमाणपत्र धितो राखेर अधिकतम ५ प्रतिशत ब्याजदरमा २५ लाखसम्म ऋण निकाल्न पाउनेछन् । साथै सरकारले युवा उद्यमीलाई सरकारले  १ प्रतिशत ब्याजमा २५ लाखसम्म ऋण दिने भएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/८९ को बजेट प्रस्तुत गर्दै युवा उद्यमीलाई परियोजना धितो राखी १ प्रतिशत ब्याजमा २५ लाखसम्म ऋण उपलब्ध गराउने बताएका हुन् । स्टार्टअप व्यवसायको दर्ता एकद्धार प्रणालीबाट निःशुल्क उपलब्ध हुने पनि पौडेलले बताए।

अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/०७९ बजेट प्रस्तुत गर्दै २० युनिटसम्म विद्युत खपत गर्नेलाई पूर्ण छुट निशेषाज्ञा भरीमा मासिक २० युनिटसम्म विद्युत खपत गर्नेलाई सत प्रतिशत छुट पाउने  कुरा बताएका हुन् ।

यस्तै अर्थमन्त्री विष्णु पौडेलले मुलुकभरका ५२ हजार महिला स्वास्थ्य स्वयंसेविकाको यातायात भत्तामा शत प्रतिशत वृद्धि,अब १२ हजार रूपैयाँ पाउने बताएकमा छन् ।

सरकारले यसअघि पाउँदै आएको वर्षमा ६ हजार भत्ता पाउँदै आएको भत्तालाई बढाएर १२ हजार पुर्याएको हो ।

 

समाचार वर्गहरू