बडा दशैंको शुभसाइत पर्सि बिहान १०:३५ बजे

15

काठमाडौँ – यो वर्ष बडा दशैंको शुभसाइत पर्सि बिहान १०:३५ बजे रहेको छ । नेपाल पञ्चांग निर्णायक समितिले असोज २१ गते मंगलबार बिहान १०:३५ बजेलाई दशैंको शुभसाइत भनेको छ ।

साइत नै खोजेर दसैंको टीका लगाउनेका लागि उक्त समय उत्तम रहेको समितिका अध्यक्ष रामचन्द्र गौतमले जानकारी दिए ।

विजया दशमीको दिनभर नै टीका जमरा लगाउन सकिने उनको भनाइ छ । देवी विसर्जनको साइत भने बिहान ८ बजेर ४५ मिनेट निर्धारण गरिएको छ ।

समाचार वर्गहरू