जनकपुर – संवैधानिक निकायमा नियुक्ति गरेको विरोधमा नेकपाले आज देशभर आमहड्ताल गर्ने क्रममा नेकपा नेता तथा कार्यकर्ता र प्रहरीबीच जनकपुरको शिव चोकमा झडप भएको छ। झडपका क्रममा नेकपा केन्द्रीय सदस्य रामचन्द्र झा घाइते भएका छन्।
नाराबाजी गरिरहेका प्रदर्शनकारीमाथि प्रहरीले लाठी चार्ज गरेपछि झडप भएको नेकपा जिल्ला सचिव दीपक यादवले बताए। झडपमा घाइते भएका नेता झाकाे जनकपुर प्रादेशिक अस्पतालमा उपचार भइरहेकाे यादवले बताए।
प्रदर्शनकारीले ढुंगामुडा गरेपछि स्थिति नियन्त्रणमा लिन बल प्रयोग गरिएको जिल्ला प्रहरी कार्यालय, धनुषाले जनाएको छ। झडपका क्रममा प्रहरीले केही राउन्ड हवाइ फायर पनि गरेकाे छ।