बम काण्डमा कांग्रेसका सांसद महोम्मद अफ्ताव पक्राउ

14

काठमाडौं – नेपाली नेपाली कांग्रेसका सांसद महोम्मद अफ्ताव आलम पक्राउ परेका छन् । सांसद आलमलाई प्रहरीले आइतबार बिहान रौतहटको गौरबाट पक्राउ गरेको हो । एक कार्यक्रममा सहभागी भएर आउदै गरेका सासंद आलमलाई प्रहरीले बाटोबाटै नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय गौरमा ल्याएको हो ।

२०६४ चैत २७ गते राति अहिलेको राजपुर नगरपालिकाको फरदवा गाउँमा भएको बम बिस्फोट सम्बन्धी घटनामा संलग्न रहेको आरोपमा उनलाई पक्राउ गरिएको बताइएको छ। संविधानसभा निर्वाचनलाई लक्षित गरेर बम बनाउँदै गर्दा बम बिस्फोट हुँदा त्यहाँ केही मानिसको मृत्यु भएको थियो भने २३ जना बढी घाइते भएका थिए ।

प्रमाण नष्ट गर्नका लागि घाइते भएका २३ जनालाई इँटाभट्टामा जिउँदै जलाएर मारेको अभियोगमा उनलाई प्रहरीले खोजी गरेको थियो । पहिलो संविधानसभामा उनी रौतहट क्षेत्र नम्बर २ बाट विजयी भएका थिए । आलमलाई जिल्ला प्रहरी कार्यालय रौतहटमै राखिएको छ ।

आलम नेपाली कांग्रेसका पूर्व्जिल्ला सभापति एवं पूर्व केन्द्रिय सदस्य समेत हुन् । उनी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी भुपेन्द्र खत्रीले पुष्टि गरेका छन् । उनलाई पक्राउ गरेसँगै प्रहरीले जिल्लामा सुरक्षाकर्मीलाई उच्च सतर्कताको अवस्थामा राखेको छ ।

 

समाचार वर्गहरू