बरु विद्यालय बन्द गर्छौ तर सरकारी सरह तलब दिन सक्दैनौ : प्याब्सन

6

काठमाडौं – निजी तथा आवासीय विद्यालय संगठन, नेपाल (प्याब्सन) को काठमाडौं महानगर कमिटीले विद्यालय बन्द गर्ने चेतावनी दिएको छ ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले महानगरभित्र सञ्चालित निजी विद्यालयलाई सामुदायिक विद्यालयसरहकै तलबको व्यवस्था गर्न निर्देशन दिएको २४ घण्टा नबित्दै (प्याब्सन) को काठमाडौं महानगर कमिटीले यस्तो चेतावनी दिएको हो ।

सरकारले कुनै पनि सुविधा नदिएको अवस्थामा एकाएक निजी विद्यालयले सरकारीसरह तलब दिनुपर्ने भन्दै सार्वजनिक गरेको अपिलले निजी विद्यालय समस्यामा परेको प्यब्सनको महानगर कमिटीले यस्तो चेतावनी दिएको हो ।

प्याब्सन महानगर किमिटीका अध्यक्ष ज्ञानबहादुर महर्जनले भने, –‘बरु विद्यालय बन्द गर्नेछौ, कामपाले जारी गरेको निर्देशन पालन गर्न सक्दैनौं ।’ कामपाको शिक्षा समितिको निजी विद्यालयको तर्फबाट प्रतिनिधिसमेत रहेका महर्जनले अति विशिष्ट, विशिष्ट र ‘क’ वर्गका विद्यालयले सरकारले तोकेभन्दा पनि बढी तलब दिए पनि अन्य विद्यालयले दिन नसक्ने बताए।

उनले भने– ‘कम्पनी ऐनले तोकेअनुसार तलबको व्यवस्था गरिरहेको छौं, सरकारीसरह उपलब्ध गराउन सक्दैनौं ।’ उनले शिक्षकको तलब सरकारीसरह कायम गरे महानगरका करिब २ सयभन्दा बढी विद्यालय बन्द हुने जिकिर गर्दै प्रश्न गरे– ‘मासिक २ हजार देखि ५ हजार रुपियाँ शुल्क लिएर पढाइरहेका विद्यालयले कसरी सरकारीसरह तलब दिन सक्छ?’

मेयर साहले ‘शिक्षा ऐन, २०२८ को दफा १२ ९७०९छ०मा संस्थागत विद्यालयको शिक्षकलाई पनि नेपाल सरकारले तोकिदिएको तलब स्केल नघटाई तलब दिनुपर्ने उल्लेख गरेका छन् ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू